Memorial space inauguration

First memorial space inauguration of WHR acknowledging the pain and sufferings of conflict affected victims.

WHR कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं.६ वनकट्टामा
द्वन्द पिडित परिवारको सम्मान तथा द्वन्द कालमा गुमाएका आफन्तजनको सम्झनामा “वनकट्टा शान्ति संग्रहालय” को समुद्घाटन प्रमुख अतिथि सुदुर पश्चिम प्रदेशका कानुन मन्त्री माननीय श्री शिवराज भट्टले गर्नु भएको छ ।
KURVE Wustrow र कैलारी गाउँपालिकाको आर्थिक सहयोग एवं WHR केन्द्रीय कार्यालय र प्रदेश कार्यालयको समन्वय र सहकार्यमा WHR को पहिलो “शान्ति संग्रहालय” को निर्माण कार्य सम्पन्न गरिएको छ ।
सभाध्यक्ष श्री सुमन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा माननीय श्री खेेमा विष्टज्युको विशेष आतिथ्यता रहेको थियो भने अतिथिहरुमा-कैलारी गाउँपालिका अध्यक्ष श्री राज समझ चौधरी,WHR संस्थाका केन्द्रीय अध्यक्ष श्री कविता पाँडे, राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख श्री हरी ज्ञवाली, वनकट्टा वडा नं.६ का वडाध्यक्ष लगायत वडा सदस्यहरु, KURVE Wustrow Country coordinator Nepal Peter Dietzel, Clemens Rossamanith, WHR संस्थाका कार्यकारी निर्देशक श्री उपासना राणा, WHR का जिल्ला र पालिकाका कार्यसमिति एवं सदस्यहरु, स्वयंसेविका लगायत सञ्चारकर्मीहरुको उक्त कार्यक्रममा उपस्थित रहेको थियो ।