मानव अधिकारको लागि महिला, एकल महिला समूहको २५औं साधारण सभा सम्पन

मिती: २०७६ असोज १ गते

मानव अधिकारको लागि महिला, एकल महिला समूह विगत २०५२ सालमा स्थापित भई एकल महिलाका हक अधिकारको लागि कार्य गर्ने गैर सरकारी सामाजिक संस्था हो । नेपाल राज्यको ७७ जिल्लाहरुको विभिन्न गा.वि.स तथा नगरपालिकामा समूह गठन गरी सशक्तिकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै एकल महिलाहरुलाई स–सम्मान पहिचान तथा परिर्वतनका बाहकको रुपमा तयार गर्न समेत संस्था स्थापनाकाल देखी अग्रसर रहेको जानकारी गराउन चाहन्छौं ।

मिति २०७६ आश्विन १ गतेका दिन, २५ औं वार्षिक साधारण सभामा गत वर्ष ९२०७५/२०७६० सम्पन्न गरेको कार्यहरुको प्रगति विवरण यस संस्थाको संस्थागत रणनितीका पाँच वटा कार्यक्षेत्रमा रही कार्यक्रम सम्पन भएको छ ।

मानव अधिकारको लागि महिला, एकल महिला समुहको वर्तमान अध्यक्ष्य श्री कुन्दा शर्मा ज्यूको अध्यक्ष्यतामा आयोजित मानव अधिकारको लागि महिला, एकल महिला समूहको २५ औं वार्षिक साधारण सभामा आमन्त्रीत, उपस्थीत ७ प्रदेशका प्रदेश अध्यक्ष ज्यू जिल्लाका प्रतिनिधि, केन्द्रिय कार्यालय लगायत काठमाण्डौ, ललितपुर, भक्तपुर तथा काठमाण्डौं वरिपरिका विभिन्न समूहहरुवाट करीब ४००को संख्यामा उपस्थित एकल महिला माझमा सभा सम्पन भएको छ ।
उक्त सभामा सचिव श्री रेखा अधिकारी ज्यू द्वारा संस्थाको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष श्री प्रतिभा विष्ट ज्यू द्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरीइकाृ थियो । सोहि क्रममा संस्थाकी संस्थापिका श्री लिली थापा ज्यु ले आगामी दिनमा एकल महिलाहरुले कसरी सबलीकरणमा धयान दिने भन्ने बारेमा जोड दिनु भयो ।

कार्यक्षेत्र १: सामाजिक सांस्कृतिक तथा सशक्तिकरण र अभियान
कार्यक्षेत्र २ः दिगो जिविकोपार्जन मार्फत आर्थिक स्तरमा सुधार
कार्यक्षेत्र ३ः मानव अधिकारको लागि शान्ति र न्याय
कार्यक्षेत्र ४ः स्थानिय शु–शाशनमा एकल महिलाको सहभागिता
कार्यक्षेत्र ५ः क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरमा एकल महिलाको सवालमा मूलप्रवाहीकरण
#SingleWomen #25thAGM #WHR #CHHAHARI